लुम्बिनी विकास बैंकद्धारा १० प्रतिशत लाभांश धोषणा

लुम्बिनी विकास बैंकद्धारा १० प्रतिशत लाभांश धोषणा


बैंकिङ्ग समाचार । 

लुम्बिनी विकास बैंकले १० प्रतिशत लाभांश घोषणा गरेको छ ।

बैंक संचालक समितिको मंगलबार सम्पन्न ३७८ औ बैठकले आर्थिक वर्ष २०७६।७७ को नाफाबाट कूल १० प्रतिशत वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । जसमध्ये ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ३ प्रतिशत नगद लाभांश रहेको छ ।

प्रस्तावित बैंकको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउने छन् ।

हाल बैंकको चुक्ता पूँजी २ अर्ब ७१ करोड ६३ लाख रहेको छ । बोनस वितरणपछि बैंकको चुक्ता पूँजी २ अर्ब २० करोड ६४ लाख रुपैयाँ पुग्नेछ ।

\"\"