आईसीएफसी फाईनान्सको लाभांश घोषणा

आईसीएफसी फाईनान्सको लाभांश घोषणा


बैंकिङ्ग समाचार । 

आइसिएफसि फाइनान्स (ICFC) ले शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

फाइनान्स कम्पनीको आइतबार बसेको संचालक समितिको २७१ औं बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट शेयरधनीलाई कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 
जसमध्ये फाइनान्सले १०.५० प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित ४.४० प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ । 

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र फाइनान्सको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ।
हाल फाइनान्सको चुक्ता पुँजी ९२ करोड ६५ लाख २ हजार रहेको छ। 

\"\"