मुक्तिनाथ विकास बैंकले गर्यो लाभांश प्रस्ताव

मुक्तिनाथ विकास बैंकले गर्यो लाभांश प्रस्ताव


बैंकिङ्ग समाचार ।
मुक्तिनाथ विकास बैंकले शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

बैंक संचालक समितिको आइतबार सम्पन्न संचालक समितिको २३८ औं बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । जस अनुसार बैंकले ११.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ४.२६ प्रतिशत नगद लाभांश गरि कुल १५.५१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति तथा र बैंकको आगामी साधारण सभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउनेछन् ।

\"\"