सिद्धार्थ बैंकले गर्यो लाभांश घोषणा

सिद्धार्थ बैंकले गर्यो लाभांश घोषणा


बैंकिङ्ग समाचार ।

सिद्धार्थ बैंकले आर्थिक वर्ष २०७६/७७ को मुनाफा तथा संचित रकम समेतबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
मंसिर १९ गते बसको बैंक सञ्चालक समितिको ३५७ औं बैठकले आफ्ना शेयरधनीहरुलाई १२ प्रतिशत बोनस शेयर तथा ३ प्रतिशत नगद लाभांश (बोनस शेयर तथा नगद लाभाशंको कर प्रयोजनका लागि समेत) गरी कुल १५ प्रतिशतको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकको हालको चुक्ता पूँजी ९ अर्ब ७८ करोड ७७ लाख ६७ हजार १३८ रुपैयाँ छ । बैंकले जसको १२ प्रतिशत बराबरको एक अर्ब १७ करोड ४५ लाख ३२ हजार ५७ रुपैंया बोनस शेयर तथा ३ प्रतिशत बराबरको २९ करोड ३६ लाख ३३ हजार १४ रुपैंया नगद लाभांश प्रस्ताव गरेको हो । बैंकको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ ।