राष्ट्रपति पौडेल र रवि लामिछानेबीच भेटवार्ता


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। सभापति लामिछानले शुक्रबार दिउँसो शीतलनिवासमा पुरेर राष्ट्रपति पौडेलसँग वार्ता गरेका हुन्। 

राष्ट्रपति पौडले र लामिछानेबिच सरकार, संसद्, अध्यादेशसँगै समसामयिक राजनीतिक विषयमा कुराकानी भएको लामिछानेको सचिवालयले जनाएको छ। 

बिहीबार सभापति लामिछाने र प्रधानन्त्री वालेन्द्र शाहबीच पनि भेटवार्ता भएको थियो। सभापति लामिछानेलाई भेट्न प्रधानमन्त्री शाह बिहीबार दिउँसो बुढानिलकण्ठस्थित उनको निवास पुगेका थिए। त्यसक्रममा उनीहरूबिच पाँच घण्टा भेटवार्ता भएको थियो।