एनबीएको अध्यक्षमा ग्लोबल आईएमईका सीईओ रेग्मी, उपाध्यक्षमा कुमारीका खनाल


काठमाडौं – ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मी नेपाल बैंकर्स संघ (एनबीए) को अध्यक्ष निर्वाचित भएका छन्।

वाणिज्य बैंकहरूका प्रमुख कार्यकारी अधिकृतहरूको साझा संस्था एनबीएमा रेग्मी निर्विरोध अध्यक्ष चयन भएका हुन्। उनी यसअघि संघको उपाध्यक्ष थिए।

होटल मर्क्युरमा आज आयोजना भएको संघको ४०‍औँ वार्षिक साधारण सभाबाट रेग्मी निर्विरोध अध्यक्ष चुनिएका हुन्।एनबीएमा उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्ने अभ्यास छ। उपाध्यक्षमा कुमारी बैंकका सीईओ रामचन्द्र खनाल चयन भएका छन्।