एनआइसी एशिया बैंकका ग्राहकलाई टिभी किन्दा १० प्रतिशत छुट

एनआइसी एशिया बैंकका ग्राहकलाई टिभी किन्दा १० प्रतिशत छुट


बैकिङ्ग समाचार ।
एनआइसी एशिया बैंक लिमिटेड र नेपा हिमा ट्रेड लिंक प्रालीबीच यस बैंकका ग्राहकलाई सोनीका आउटलेट तथा सोनी ब्राभिया किन्दा छुट दिने सम्झौता भएको छ।

उक्त सम्झौतामा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र कम्पनीका तर्फबाट कार्यकारी निर्देशक राजेश तुलाधरले हस्ताक्षर गरे।

सम्झौताअनुसार यस बैंकका ग्राहकले बैंकको डेबिटरक्रेडिट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोग गरी सोनी ब्राभिया टेलिभिजन किन्दा १० प्रतिशत वा अधिकतम २ हजारसम्म छुट दिइनेछ।

यो योजना सोमबारदेखि यही महिनाको २९ गतेसम्म लागू हुने बैंकले बताएको छ।

एनआइसी एशिया बैंकले मुलुकभर ३१९ शाखा कार्यालयहरु, ४४६ एटिएम, १०३ वटा एक्स्टेन्सन काउन्टर एवं ५२ वटा शाखारहित बैंकिङमार्फत् बैंकिङ सेवा दिदैं आएको छ।