७.३८ अंकले घट्यो नेप्से, कारोबार रकम ३ अर्ब ८८ करोड


काठमाडौं – साताको अन्तिम कारोबारको दिन आज शेयर बजार झिनो अंकले घटेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) समग्रमा ७.३८ अंकले बढेर बजार २६ सय २९ को बिन्दुमा बन्द भएको छ। यससँगै आज ३ अर्ब ८८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, १ करोड ६ लाख कित्ता शेयर किनबेच भएको छ।

आज ३५२ कम्पनी कारोबारमा आउँदा ८९ कम्पनीको शेयर मूल्य बढेको छ भने १८१ कम्पनीको शेयर मूल्य घटेको छ। त्यस्तै, ९ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ। आज सबैभन्दा बढी ग्लोबल आइएमई बैंकको शेयर कारोबार भएको छ। आज यस कम्पनीको २० करोड २२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, लक्ष्मी सनराइज बैंकको १४ करोड ८१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको।

आज सबैभन्दा बढी डोल्टी पावर कम्पनीका लगानीकर्ताले कमाएका छन्।आज यस कम्पनीका लगानीकर्ताले ५.१४ प्रतिशतका दरले कमाएका छन्। आज सबैभन्दा बढी गुमाउनेमा मुक्तिनाथ म्यूचुअल फण्ड–२ का लगानीकर्ता रहेका छन्। आज यस कम्पनीका लगानीकर्ताले ८.५० प्रतिशतका दरले गुमाएका हुन्।