पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी


काठमाडौं – रोजगारीका लागि मलेसिया जाने नेपालीमाथि ठगी प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्यालमाथि पक्राउ पुर्जी जारी भएको छ। वैदेशिक रोजगारीका लागि मलेसिया जाने श्रमिकमाथि ठगी र त्यसबाट संकलित रकम गैरकानुनी रूपमा मलेसिया पठाउने निर्णयमा संलग्न रहेको आरोपमा प्रहरीले बुधबार दुई पूर्वमन्त्रीसहित ६ जनालाई पक्राउ गरेको हाे।

प्रहरीले तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर, रामेश्वर राय यादव,  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, मन्त्रालयका तत्कालीन रोजगार व्यवस्थापन महाशाखा प्रमुख (सहसचिव) उमेश ढुंगाना, राजीव पोखरेल र उपसचिव निर्मला गुरुङलाई पक्राउ गरेको छ।