नबिल बैंकको पहिलो त्रैमासको रिपोर्टः नाफामा गिरावट, ईपिएस कति ?

नबिल बैंकको पहिलो त्रैमासको रिपोर्टः नाफामा गिरावट, ईपिएस कति ?

सुरेश शर्मा
42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार ।  
राष्ट्रको निजी क्षेत्रको पहिलो बैंक नबिल बैंक लिमिटेडले समाजका बिभिन्न क्षेत्रहरुलाई अन्तर्राष्ट्रिय स्तरको आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्ने उद्देश्यले संचालन भईरहेको छ । आफ्नो लक्ष्य हांसील गर्न बैंकले बिभिन्न ११९शाखाहरु मार्फत सेवा प्रदान गरिरहेको छ । यस्तै बैंकका देशैभरी १३९ एटिएमहरु रहेका छन् । नबिल बैंकले चालु आर्थिक बर्ष २०७७/७८ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ, यस अवधिमा बैंकको बित्तिय अवस्था निम्नलिखित रहेको छ ।

खुदनाफा घट्यो 
बैंकले सार्वजनिक गरेको विवरण अनुसार नबिल बैंकको खुदनाफा ७.८२ प्रतिशतले ओरालो लागेको छ । अघिल्लो आर्थिक बर्ष २०७६/७७ को पहिलो त्रैमासमा १ अर्ब १२ करोड नाफा कमाएको बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमाषमा १ अर्ब ३ करोड नाफा कमाएको हो ।

बितरणयोग्य नाफामा बृद्धि, संचालन मुनाफा घट्यो
बैंकको संचालन मुुनाफा ७.६७ प्रतिशतले घटेर १ अर्ब ४८ करोडमा झरेको छ । अघिल्लो बर्ष यहि अवधिमा संचालन मुुनाफा १ अर्ब ६० करोड रहेको थियो । यस अवधिमा बैंकको बितरणयोग्य नाफा १ अर्ब २० करोड रहेको छ जुन अघिल्लो बर्षको तुलनामा ६२.८५ प्रतिशत बृद्धि भएको हो । अघिल्लो बर्ष यहि अवधिमा वितरणयोग्य नाफा ७४ करोड २२ लाख थियो ।

निक्षप संकलन तथा कर्जा लगानीमा बृद्धि 
यस अबधिमा बैंकको निक्षप संकलन अघिल्लो आर्थिक बर्षको तुलनामा २.८० प्रतिशतले बढेर १ खर्ब ९६ अर्बभन्दा बढि पुगेको छ भने कर्जा प्रवाह ६.०५ प्रतिशतले बढेर १ खर्ब ५७ अर्ब भन्दा बढि पुगेको छ । बैंकको खुुद ब्याज आम्दानी १७.९६ प्रतिशतले घटेर १ अर्ब ५७ करोडमा कायम भएको छ । १० अर्ब ९ करोड चुुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १२ अर्ब ६१ करोड रहेको छ ।

ईपिएस पनि घट्यो
यस अवधिमा बैंकको प्रति सेयर आम्दानी ४०.२६ रुपैँया रहेको छ । पछिल्लो बर्षको यही अवधिमा ४८.९३ रुपैँया रहेको थियो । बैंकको प्रति शेयर नेटवर्थ ८६० रुपैँया पुगेको छ । पछिल्लो बर्षको पहिलो त्रैमसमा ७.९४ प्रतिशत कायम भएको आधार दर (बेस रेट) ६.६८ प्रतिशतमा झरेको छ, कोषको लागत ६.२० बाट ४.९९ प्रतिशत कर्जा पुँजी निक्षेप अनुपात (सीसीडी रेसियो) ७४.०९ प्रतिशत बाट ७३.४८ प्रतिशतमा भरेको छ । पँुजी पर्यापतता अनुपात १२.२० बाट १२.५९ प्रतिशत पुगेको छ ।