टक्सार पिखुवा खोला हाइड्रोपावरको अध्यक्षमा मिरा पाण्डे गौतम नियुक्त


काठमाडौं – टक्सार पिखुवा खोला हाइड्रोपावरको अध्यक्षमा मिरा पाण्डे गौतम नियुक्त भएकी छिन्। कम्पनीको कात्तिक १८ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले अध्यक्षमा गौतमलाई नियुक्त गरेको हो।

साथै, सोही बैठकले कम्पनीको प्रबन्ध सञ्चालकमा रुपेश तामाङलाई नियुक्त गरेको छ।