नेप्सेमा १५९ अंकको सामान्य सुधार, २ कम्पनीको शेयरमूल्यमा सर्किट

नेप्सेमा १५९ अंकको सामान्य सुधार, २ कम्पनीको शेयरमूल्यमा सर्किट


बैकिङ्ग समाचार । 
सोमवार सेयर कारोबार मापक नेप्से परिसूचकमा सामान्य करेक्सन भएको छ । पछिल्ला दुई हप्ता लगातार बढेको बजारमा यस दिन भने अल्पकालिन लगानीकर्ता हाबी हुँदा परिसूचक १ दशमलव ९६ अंक झरेको छ । 

सोमबार शेयर बजारमा भएको यो कारोबार हालसम्मकै दोस्रो उच्च हो । आइतबार ३ अर्ब ६० करोड बराबरको शेयर किनबेच भएको थियो ।

शेयर बजारले सुधारको गति समातेपछि नयाँ लगानीकर्ता प्रवेश गर्नुका साथै पुराना र संस्थागत लगानीकर्ताले समेत लगानी बढाउन थालेपछि पछिल्ला दिनहरुमा कारोबार उच्च हुँदै आएको छ ।

गत साता ५ कारोबार दिनमा ११ अर्ब बढीको शेयर किनबेच भएको थियो । यो साताको पहिलो दुई दिनमै ७ अर्ब बढीको शेयर किनबेच भईसकेको छ । कारोबारमा आएको उत्साहले शेयर लगानीकर्ताको मनोबल बढ्दै गएको छ भने ब्रोकर कम्पनीहरु लगानीकर्ताले भरीभराऊ हुन थालेका छन् ।

पछिल्लो चरणमा अनलाइन मार्फत शेयर किनबेच गर्ने लगानीकर्ताहरुको संख्या बढ्न थालेपछि कारोबार रकममा बढोत्तरी आउन थालेको छ । नेप्सेका अनुसार स्वेदेशबाट मात्र नभई विदेशबाट समेत शेयर लगानीकर्ताले अनलाइन कारोबार गर्न थालेका छन् । आइतबार ४१ करोड बराबरको शेयर विदेशबाट किनबेच भएको थियो ।

सोमबारको बजारमा वाणिज्य बैंक,उत्पादन र अन्य बाहेक सबै समूह नकारात्मक रहेपनि वाणिज्य बैंक समूहमा आएको उच्च सुधारले बजारमा ठूलो करेक्सन भएन । एनएमबि बैंकको सबैभन्दा धेरै २० करोड बढीको शेयर किनबेच भयो ।

यसदिन कालिका माइक्रो, मन्जुश्री फाइनान्स, युनियन हाइड्रो लगायतको शेयर उच्चदरले बढेको छ भने सबैभन्दा धेरै गुह्श्वरी मर्चेन्ट र प्रिमियर इन्स्योरेन्सको शेयरमूल्य ७ प्रतिशत बढीले ओरालो लाग्यो ।