काठमाडौं – आइएमई लाइफ इन्स्योरेन्सले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले संस्थापक समूहतर्फको १ हजार कित्ता शेयर बिक्रीमा राखेको हो। कम्पनीले सो शेयर विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न मिल्ने गरी बिक्रीमा ल्याएको हो।
कम्पनीका अनुसार सो शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले यो सूचना प्रकाशित भएको आजको ३५ दिनभित्र आवेदन दिन सक्नेछन्।
सो शेयर खरिद गर्न इच्छुकले आवश्यक कागजातसहित कम्पनीको रजिष्टर्ड तथा कर्पोरेट कार्यालय वा शेयर रजिष्ट्रार ग्लोबल आईएमई क्यापिटलको नक्सालस्थित कार्यालयमा आवेदन दिनुपर्नेछ।






About Us
प्रतिक्रिया