काठमाडौं – नेपाल बीमा प्राधिकरणका पूर्व अध्यक्ष सूर्यप्रसाद सिलवालले अनियमित प्रक्रिया नअपनाएको दाबी गरेका छन् । सम्पत्ति
शुद्धीकरण तथा बीमा सम्बन्धी कसुरमा बयान दिँदै उनले यस्तो बताएका हुन् ।
उनले आफूले प्राधिकरणको अध्यक्षका रूपमा रहँदा कसैलाई पनि सहयोग नगरेको दाबी गरेका हुन् । बयानका क्रममा सिलवालले आफूले कसैलाई व्यक्तिगत रूपमा सहयोग नगरेको र कुनै व्यक्तिलाई लक्षित गरी अनियमित विधि प्रयोग नगरेको दाबी गरेका हुन्। इच्छुक सबैलाई समान रूपमा इजाजत पत्र दिने नीति रहेकाले कसैलाई दिने वा नदिने भन्ने व्यक्तिगत छनोटको अवस्था नरहेको उनले बताएका छन्।
सिलवालको बयान जस्ताको त्यस्तै
नेपालमा रि इन्स्योरेन्स ब्रोकरहरू नभएको र रि इन्स्योरेन्सको व्यवसाय ब्रोकरहरूमा निर्भर रहने भएकाले नेपाली रि इन्स्योरेन्स ब्रोकरहरुलई इजाजत दिनु पर्ने कुरामा प्राधिकरण नीतिगत रूपमा सहमत भएपछि तदनुरूपका निर्देशिकाहरू जारी भए । माग भए जति सबैलाई एकनासले इजाजत दिन प्राधिकरण सहमत भएको ब्यहोरा जानकारी गराउँदछु । इजाजत पत्र दिनु अघि फिट एन्ड पर्पर टेस्ट अनिवार्य रूपमा गरिन्छ। सोका लागि सम्बन्धित शाखाले सम्पूर्ण विवरण भिडाई तह, तह हुँदै इजाजत पत्र दिनको लागि पेस भएपछि निर्णय हुने हुन्छ प्रस्तुत विषयमा इजाजत पत्र प्राप्त कर्ताको बैंक स्टेटमेन्ट र सम्बन्धित विवरण आवश्यक हुन्छ । यी सबै स्क्रिनिङहरु सम्बन्धित शाखाबाट सम्पन्न हुन्छ ।
तदनुरूपको काम सम्पन्न भई पेस भएपछि निर्णय हुन्छ । यीनै चरणहरू पार गरी पेस भएपछि अन्तिम निर्णय भएको हो । कम्पनी दर्ता कम्पनी रजिष्टारको कार्यालयमा भएपछि मात्र कम्पनीको नाममा इजाजत पत्र जारी हुन्छ । यसर्थ यसमा इजाजतको लागि आवश्यक रकम प्राप्त भएको हेरेर शाखाबाट तह तह हुँदै निर्णयमा पुगेको हुँदा अन्यथा केही गरेको छैन। शाखाले यस सम्बन्धमा विस्तृत भन्न सक्छ । प्राधिकरणको कानुन शाखाबाट सम्पूर्ण कागजातहरू हेरी भिडान गर्ने कार्य अगाडी बढेको तथ्य श्रीमानमा अवगत गराउँदछु । यसमा अन्यथा केही भएको छैन । दिपक भट्ट र अन्जना नेपाल बिचको सम्बन्धका बारेमा कुनै जानकारी थिएन । माथि सवाल नं। १ मा उल्लेख भएको नेपालमा नेपाली रि इन्स्योरेन्स ब्रोकर नभई धेरै व्यवसाय बिदेसिने अवस्था रहेकोमा नेपाल भित्रै नेपाली ब्रोकरहरू स्थापना गरी प्राप्त हुने कमिसन नेपालमै राख्ने उद्देश्यले इच्छुक सबैलाई इजाजत दिइएको हो । प्राधिकरणबाट तहगत रूपमा पेस भएका राय सहितको विषयमा निर्णय लिएको हो । यसमा मैले कसैलाई कुनै सहयोग गरेको छैन । इच्छुक सबैलाई इजाजत दिइएको हो । यसमा कुनै खराब नियत राखी कोहीका लागि अनियमित विधिको प्रयोग गरेको छैन ।
मैले त प्राधिकरणको विभिन्न पदाधिकारीबाट पेस भएको रायलाई स्वीकृत सम्म गरेको हुँ । गैर कानुन कुनै कार्य गरेको छैन । सम्पत्ति शुद्धीकरण जस्तो गम्भीर विषयमा मबाट कुनै गलत काम र सहयोग भएको छैन । इजाजत पत्र दिने प्रक्रियाको सम्बन्धमा मैले माथि सजाल नं. ७ मा नै उल्लेख गरेको छु । प्राधिकरणको बोर्डले ब्रोकिङ कम्पनी सम्बन्धी निर्णय र निर्देशिका नै जारी गरेको छ । सो निर्देशिकामा सम्पूर्ण विधि र प्रक्रिया सम्बन्धमा निर्णय भई निर्देशिका जारी भइसकेको परिप्रेक्ष्यमा सोही निर्देशिका अनुसार इच्छुक सबै ब्रोकिङ कम्पनीलाई इजाजत पत्र दिन स्वीकृति दिएको हुँ । यसमा कसैलाई दिने नदिने भन्ने अवस्था नै नरहेको हुँदा विधि सम्मत (निर्देशिकाले तोके बमोजिम) रूपमा इजाजत पत्र दिन स्वीकृत दिएको ब्यहोरा अनुरोध गर्दछु । यसरी इजाजत पत्र दिए पश्चातको बोर्ड बैठकमा मौखिक जानकारी गराइने गरेको ब्यहोरा अनुरोध गर्दछु । इजाजत पत्र मात्र दिने विषय प्रशासनिक विषय भएको र बोर्डद्वारा जारी निर्देशिका अनुरूप काम भएको हुँदा तहगत रूपमा पेस हुन आए बमोजिम गरेको हुँ भन्ने समेतका ब्यहोराको बयान ।






About Us
प्रतिक्रिया