नेपाल फाइनान्सको २ लाख २६ हजार कित्ता शेयर बिक्रीमा


काठमाडौं – नेपाल फाइनान्सले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले २ जना संस्थापक शेयरधनीको नाममा रहेको २ लाख २६ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो।

कम्पनीले सो शेयर विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न मिल्ने गरी बिक्रीमा राखेको हो। सो शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र आवेदन दिन सक्नेछन्।