नेपाल राष्ट्र बैंकले सोमबार २ अर्बको ट्रेजरी जारी गर्दै

नेपाल राष्ट्र बैंकले सोमबार २ अर्बको ट्रेजरी जारी गर्दै


बैकिङ्ग समाचार । 

नेपाल राष्ट्र बैंकले सरकारलाई आवश्यक पर्ने रकम जुटाउन फागुन १२ गते सोमबार २ अर्ब २३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्दैछ।

केन्द्रीय बैंकले ९१ दिनको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो। फागुन १३ गते मंगलबार जारी हुने ट्रेजरी बिल २०७७ जेठ १३ गते परिपक्व हुनेछ।

बिलमा सोमबार दिउँसो ३ बजेसम्म बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकले समेत आवेदन गर्न पाउनेछन्।

ट्रेजरी बिल सरकारलाई आवश्यक पर्ने रकम जुटाउन एक वा एक वर्षभन्दा कम अवधिको लागि आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन औजार हो।

बैंक तथा वित्तीय संस्थाहरुले ट्रेजरी बिलको भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरीद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सक्छन्।

यस्तै व्यक्तिगत लगानीकर्ताले पनि ट्रेजरी बिलको प्रमाणपत्र बैंक तथा वित्तीय संस्थामा धितो राखी ऋण समेत लिन सकिन्छ।  

यसअघि फागुन ५ गते जारी भएको ९१ अवधिको २ अर्ब बराबरको ऋणपत्रमा ५.६३ गुणा बढी अर्थात ११ अर्ब २६ करोड रुपैयाँ बराबरको माग आवेदन परेको थियो। सो अवधिमा औसत ४.१०९४ प्रतिशत डिस्काउन्टदर कायम भएको थियो।