पेस भएको डेढ वर्षपछि अघि बढ्यो बीमा विधेयक, किन थन्काइएको थियो ?

पेस भएको डेढ वर्षपछि अघि बढ्यो बीमा विधेयक, किन थन्काइएको थियो ?


बैकिङ्ग समाचार । 

संसदमा पेस भएको डेढ वर्षपछि बीमा व्यवस्थापन तथा सञ्चालनसम्बन्धी विधेयक अघि बढेको छ । अर्थ समितिमै थन्किएको विधेयक माथि सोमबार छलफल हुने भएको हो ।

समितिले सोमबार विज्ञसहितको टोलीलाई प्रस्तावित बीमा विधेयकमाथिको छलफलमा बोलाएको छ ।

संसद् सचिवालयमा बीमा विधेयक ०७५ असार ३ गते दर्ता भएको थियो । दर्तापछि सांसदहरूलाई वितरण गरेर प्रतिनिधिसभाबाट विधेयक अर्थ समितिमा पठाइयो । अर्थ समितिले ३ ४ पटक छलफल गरेर विधेयक थन्काएको थियो ।

दर्तापछि सांसदहरूलाई वितरण गरेर प्रतिनिधिसभाबाट विधेयक अर्थ समितिमा पठाइयो । अर्थ समितिले ३र४ पटक छलफल गरेपछि पनि विधेयक थन्किएपछि त्यतातिर कसैको ध्यान नगएको समितिका एक सदस्यले बताए । 

नयाँ ऐन प्रस्ताव गरेर चापागाईंलाई हटाउन लागिएको भन्दै अर्थमन्त्री डा. युवराज खतिवडाकै आलोचना भएपछि विधेयक थन्काइएको स्रोतको दाबी छ । यस विधेयकभन्दा पछि दर्ता भएका विधेयक पनि संसदबाट पारित भएर ऐनसमेत बनिसकेका छन् ।