काठमाडौं – आज शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) समग्रमा २२.८५ अंकले बढेर बजार २६ सय ४७ दशमलव २२ को बिन्दुमा बन्द भएको छ। आज कारोबार रकम समेत बढेर ६ अर्ब ७४ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै, २ करोड १२ लाख कित्ता शेयर किनबेच भएको छ।
आज १९६ कम्पनीको शेयर मूल्य बढेको छ भने ७४ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ। त्यस्तै, ९ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ। आज सबैभन्दा बढी कुमारी बैंकको शेयर कारोबार भएको छ। आज यस बैंकको ३२ करोड १३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो। त्यस्तै, लक्ष्मी सनराइज बैंकको २७ करोड १६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
यससँगै आज सबैभन्दा बढी स्नो रिभर्सका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ता १३.६६ प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, इन्फिनीटी लघुवित्तका लगानीकर्ताले ९.८१ प्रतिशतका दरले कमाएका छन्। आज सबैभन्दा बढी गुमाउनेमा हाथवे इन्भेष्टमेन्टका लगानीकर्ता रहेका छन्। आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले गुमाएका हुन्।






About Us
प्रतिक्रिया