आरबिबि म्युचुअल फण्ड १ र २ को लाभांश घोषणा


काठमाडौं – आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको योजना व्यवस्थापनमा आरबिबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई म्युचुअल फण्डले लाभांश घोषणा गरेका छन्। गत आर्थिक वर्षको मुनाफाबाट आरबिबि म्युचुअल फण्ड १ र आरबिबि म्युचुअल फण्ड २ ले आफ्ना इकाईधनीहरूका लागि वितरण गर्ने लाभांश घोषणा गरेका हुन्।

आरबिबि मर्चेन्ट बैंकिङ्गको असोज १ गते बसेको सञ्चालक समितिको बैठकले आरबिबि म्युचुअल फण्ड १ का इकाईधनीहरूलाई करसहित २.७५ प्रतिशत र आरबिबि म्युचुअल फण्ड २ का इकाईधनीहरूलाई करसहित ६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

लाभांश वितरण प्रयोजनार्थ यी दुई फण्डहरूले असोज १२ गते एक दिनका लागि बुकक्लोज गर्ने भएका छन्। जस अनुसार असोज ८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरूले यी फण्डहरूले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।