सेञ्चुरी बैंक र रोयल कटेज बीच सम्झौता, खाजा खाँदा १५ प्रतिशत छुट

सेञ्चुरी बैंक र रोयल कटेज बीच सम्झौता, खाजा खाँदा १५ प्रतिशत छुट


बैकिङ्ग समाचार ।

सेञ्चुरी कमर्सियल बैंक र बर्दघाट, नवलपरासी स्थित रोयल कटेज बीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धि सम्झौता भएको छ । 

बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरुलाई सहुलियत प्रदान गर्ने गरी सम्झौता गरेको छ । सम्झौता अनुसार बैंकको क्रेडिट र डेबिट कार्ड ग्राहकहरुले रोयल कटेजको सेवा सुविधामा १५ प्रतिशतसम्म छुट पाउनेछन् ।

उक्त सम्झौता पत्रमा बैंकका बेलाटारी शाखा प्रबन्धक रोशन ढकाल र रोयल कटेजका प्रोप्राइटर ध्रुव भट्टराईले हस्ताक्षर गरेका छन् । 

अन्य जानकारीका लागि बैकको वेबसाइट ww.centurybank.com.np तथा बैकका शाखा कार्यालयहरुमा सम्पर्क राख्न अनुरोध गरिन्छ ।