शिखर इन्स्योरेन्सको ३० प्रतिशत हकप्रद सुरक्षित गर्ने सोमबार अन्तिम दिन

शिखर इन्स्योरेन्सको ३० प्रतिशत हकप्रद सुरक्षित गर्ने सोमबार अन्तिम दिन


बैकिङ्ग समाचार ।
शिखर इन्स्योरेन्सको ३० प्रतिशत हकप्रद शेयर सुरक्षित गर्ने फागुन १२ गते सोमबार अन्तिम दिन रहेको छ। कम्पनीले फागुन १३ गते मंगलबार हकप्रद निष्काशनका लागि बुकक्लोज गर्ने भएकाले सोमबारसम्म कायम शेयरधनीले मात्र कम्पनीले जारी गर्ने हकप्रदमा आवेदन दिन पाउनेछन्।

शिखरले एनआइबीएल एस क्यापिटलको बिक्री प्रबन्धकत्वमा १०ः३ अनुपातमा ३१ लाख ७१ हजार ९३२ कित्ता हकप्रद जारी गर्न लागेको हो। इन्स्योन्सको हकप्रदलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले ‘ग्रेड ३’ प्लस रेटिङ दिएको छ । यसले कम्पनीको वित्तीय आधार सुरक्षित रहेको जनाउँछ।

१ अर्ब ५ करोड ७३ लाख १० हजार रुपैयाँको ३० प्रतिशत हकप्रद जारी पश्चात शिखर इन्सुरेन्सको चुक्ता पुँजी १ अर्ब ३७ करोड ४५ लाख ३ हजार रुपैयाँ पुग्नेछ ।

पुस मुसान्तसम्ममा २३ करोड २३ लाख ६६ हजार रुपैयाँ खुद नाफा कमाएर वार्षिक प्रतिशेयर आम्दानी ४३।९५ रुपैयाँ कायम गरेको इन्स्योरेन्सको दोस्रो बजारमा फागुन ११ गते आइतबार प्रतिकित्ता १ हजार ३४७ रुपैयाँमा कारोबार भएको छ।