ब्याज आम्दानी बढ्दा गत वर्ष लुम्बिनी विकास बैंकले कमायो ८५ करोड नाफा


काठमाडौं – लुम्बिनी विकास बैंकको नाफा बढेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरणले बैंकको नाफा बढेको देखाएको हो । बैंकले गत आर्थिक वर्षमा ८५ करोड १० लाख नाफा कमाएको हो । बैंकले अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा २४ करोड ११ लाख खुद नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी पनि बढेको छ । बैंकले अघिल्लो आर्थिक वर्षमा १ अर्ब ९९ करोड ७२ लाख पुगेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब ८५ करोड ७३ लाख ब्याज आम्दानी गरेको थियो ।

गत वर्षमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी १८ करोड ४२ लाख, कुल सञ्चालन आम्दानी २ अर्ब २८ करोड १४ लाख र सञ्चालन नाफा १ अर्ब २१ करोड ७८ लाख रहेको छ । साथै, बैंकको वितरणयोग्य नाफा पनि बढेको छ । गत वर्ष बैंकको वितरणयोग्य नाफा ६१ करोड ५५ लाख रहेको छ ।

हाल बैंकको चुक्ता पुँजी ३ अर्ब ६२ करोड चुक्ता पुँजी रहेको छ भने जगेडा कोषमा ३ अर्ब ५० करोड ५४ लाख रहेको छ । बैंकको नाफासँगै प्रतिशेयर आम्दानी पनि बढेको छ । अघिल्लो वर्ष ६.६५ रुपैयाँ रहेकमा गत वर्ष बढेर २३.४८ रुपैयाँ पुगेको छ । बैंकको खराब कर्जा भने बढेको छ । अघिल्लो आर्थिक वर्षमा ४.७१ प्रतिशत रहेको खराब कर्जा बढेर ६.९४ प्रतिशत पुगेको छ ।