काठमाडौं – माछापुच्छ्रे बैंकले व्यवस्थापन तहमा पदोन्नति गर्दै प्रसिद्ध राज अर्याललाई वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डेपुटी सीईओ) र सुभाष जमरकट्टेललाई नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) पदमा बढुवा गरेको छ। बैंक सञ्चालक समितिको साउन ४ गते बसेको बैठकले हाल नायब प्रमुख कार्यकारी अधिकृत रहेका अर्याललाई वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा तथा नायब महाप्रबन्धकको जिम्मेवारी सम्हालिरहेका जमरकट्टेललाई नायब प्रमुख कार्यकारी अधिकृतमा पदोन्नति गर्ने निर्णय गरेको हो।
व्यापार प्रशासन विषयमा काठमाडौं विश्वविद्यालयबाट स्नातकोत्तर गरेका अर्यालसँग बैंकिङ्ग क्षेत्रमा करिब दुई दशकको अनुभव छ। उनले कर्जा व्यवस्थापन, ट्रेजरी, करेसपोन्डेन्ट बैंकिङ्ग, शाखा सञ्चालन तथा लघुवित्तलगायत विभिन्न क्षेत्रमा काम गरिसकेका छन्। यसअघि उनी सिभिल बैंक, सनराइज बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकमा समेत विभिन्न जिम्मेवारी सम्हालिसकेका छन्।
यस्तै, जमरकट्टेल चार्टर्ड एकाउन्टेन्ट तथा वित्तीय व्यवस्थापनका अनुभवी व्यवसायिक हुन्। उनले इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ इन्डियाबाट चार्टर्ड एकाउन्टेन्सीको उपाधि हासिल गरेका छन्। साथै, त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन र कानुन विषयमा स्नातक तथा थाइल्याण्डस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी) बाट बैंकिङ्ग तथा फाइनान्स विषयमा प्रोफेसनल मास्टर्स डिग्री प्राप्त गरेका छन्। अर्याल तथा जमरकट्टेल दुवै आफ्नो बैंकिङ्ग करियरमा उल्लेखनीय व्यावसायिक उपलब्धि हासिल गर्दै बैंकिङ्ग क्षेत्रका सक्षम, अनुभवी तथा सफल बैंकरका रूपमा रुपमा चिनिन्छन्।






About Us
प्रतिक्रिया