शेयर बजारमा हालसम्मकै उच्च कारोबार, एकैदिन ३ अर्ब ६० करोड नाघ्यो 

शेयर बजारमा हालसम्मकै उच्च कारोबार, एकैदिन ३ अर्ब ६० करोड नाघ्यो 


बैकिङ्ग समाचार । 

शेयर बजारमा आज अहिलेसम्मकै धेरै कारोबार भएको छ ।

आज कारोबार बन्द हुँदासम्म ३ अर्ब ६० करोड, ८५ लाख, २६ हजार ३ सय ५४ रुपैयाँको कारोबार भएको हो । नेप्सेमा एकैदिन यति ठूलो परिमाणको शेयर किनबेच भएको पहिलो पटक हो ।

यसअघि गत बिहीबार फागुन ८ गते शेयर बजारमा एकैदिन २ अर्ब ७८ करोडको कारोबार भएर रेकर्ड कायम गरेको थियो । उक्त रकेर्ड यो साता बजार खुलेको पहिलो दिनमै तोडिएको छ । उच्च कारोबार भएको बजारमा नेप्से सूचक समेत ६९.५६ अंकले बढेर १५०४.१४ बिन्दुमा पुगेको छ ।

गएको साता मात्रै नेप्सेमा ५ कारोबारदिनमा ११ अर्ब बढीको शेयर किनबेच भएको थियो । दुई महिना अगाडि दैनिक ३०/३५ करोडको कारोबार हुने बजारमा अहिले दैनिक दुई अर्ब बढीको कारोबार हुन थालेको छ ।
 
शेयर बजार सुधारीदै जाँदा बजारमा नयाँ नयाँ लगानीकर्ता प्रवेशको क्रम बढेको साथै पुराना लगानीकर्ताले समेत लगानीको क्रम बढाएकाले कारोबारमा बढोत्तरी आएको ब्रोकरहरुको भनाई छ । साथै तरलता अभावका कारण अन्य क्षेत्रहरुमा लगानी विस्तार हुन नसकेको अवस्था शेयर बजारको बढ्दो गतिले केहि अल्पकालिन लगानीकर्ता समेत बजारमा भित्रिएको उनीहरुको भनाई छ ।