एनएमबी बैंकमा खाता खोल्दा यस्तो अफर

एनएमबी बैंकमा खाता खोल्दा यस्तो अफर


बैकिङ्ग समाचार । 

एनएमबी बैंकले आफ्नो लोकप्रिय ‘एनएमबी तलब खाता’ र ‘एनएमबी सुपर तलब खाता’मा परिष्कृत विविधताका साथ नयाँ खाता योजनाहरु सञ्चालनमा ल्याएको छ । 
 
यस योजना अन्तर्गत खातावालहरुलाई रु.१८ लाख सम्मको कुल वीमा सुविधा प्रदान गरिने बैंकले जनाएको छ ।
 
दुई नयाँ योजनाहरु मध्ये ‘एनएमबि प्रिमियम तलब खाता’मा ग्राहकहरुलाई रु १० लाख सम्मको दुर्घटना मृत्यू वीमा, १८ प्रकारका घातक रोगहरुको लागि रु ५ लाखसम्मको वीमा सुविधा प्रदान गरिएको छ भने ‘एनएमबि प्रिमियम सुपर तलबखाता’मा ग्राहकका लागि रु. १० लाख सम्मको दुर्घटना मृत्यू वीमा, १८ प्रकारका घातक रोगहरुको लागि रु. ७ लाखसम्म वीमा र रु १ लाख सम्मको स्वास्थ्य उपचार वीमा योजना ल्याइएको बैंकले जनाएको छ । 

उल्लेखित खाताहरु शून्य मौज्दातमै खोल्न सकिने बैंकले जनाएको छ । 

रकम मात्र नभई सुविधाको दायरा पनि बिस्तार गर्ने उद्देश्यको साथ यी दुई खाताको सुरुवात गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।