काठमाडौं – रिलायन्स फाइनान्सले, धादिङबेसी शाखामा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रमको आयोजना गरेको छ। समुदायप्रतिको आफ्नो उत्तरदायित्वलाई आत्मसात् गर्दै फाइनान्सले ‘रक्तदान–जीवनदान’ भन्ने पवित्र भावनाका साथ उक्त कार्यक्रम आयोजना गरेको हो।
नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र धादिङको प्राविधिक सहयोगमा भएको यस कार्यक्रममा ७६ जना रक्तदाताहरूले अमूल्य रक्तदान गरी जीवन बचाउने यस मानवीय कार्यमा योगदान पु¥याएका छन्। कार्यक्रममा स्थानीय प्रतिष्ठित व्यक्तित्वहरू, रक्तदाताहरूको बाक्लो सहभागिता रहेको थियो।
देशभरि २१ वटा शाखा रहेको रिलायन्स फाइनान्सले यस अघि पनि पोखरा शाखामा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो जसमा ६२ जना रक्तदाताहरूले रक्तदान गरेका थिए। समाजको हितका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता परोपकारी कार्यहरूलाई आगामी दिनहरूमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाउँदै चाडै कर्णाली प्रदेश, सुर्खेतमा नयाँ शाखा खोल्ने जानकारी फाइनान्सले गराएको छ।






About Us
प्रतिक्रिया