सार्वजनिक सवारी प्रयोग गर्ने यात्रुलाई दुःख हैरानी दिने १० जना प्रहरीको नियन्त्रणमा 


काठमाडौं – सार्वजनिक सवारी प्रयोग गर्ने यात्रुलाई दुःख हैरानी दिने १० जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाका सूर्य बहादुर देवकोटा, दोलखाका प्रकाश सिवाकोटी, भक्तपुरका हरि भजन थापा, दोलखाका डिल्ली प्रसाद लामिछाने, सिन्धुपाल्चोकका सुरेश तामाङ, सिन्धुलीका तिलक कुमार थापा, दोलखाका खड्का बहादुर तामाङ, सिन्धुलीका डोर कुमार श्रेष्ठ, ओखलढुङ्गाका नन्द लाल बुढाथोकी र सिन्धुपाल्चोकका राजेश सापकोटा रहेका छन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलिने उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूले कोटेश्वर र जडिबुटीस्थितमा काउण्टर सञ्चालन गर्ने कर्मचारी, सवारी चालक तथा सह–चालकहरूले अनावश्यक दुःख हैरानी दिने गरेको प्रहरीले जनाएको छ । उनीहरूलाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा थप कारबाहीको लागी जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौं पठाइएको  प्रहरीले जनाएको छ ।