कञ्चनपुरबाट लागू औषधसहित वडा सदस्य रुपा जैरु पक्राउ


काठमाडौं –कञ्चनपुरको भीमदत्त नगरपालिका– १८ कटानस्थित गौरा मन्दिर टोलबाट लागू औषधसहित वडा सदस्य रुपा जैरुलाई प्रहरीले पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । 

प्रहरीका अनुसार उनको दाहिने कोखी मुनी कालो प्लास्टिकको पोकामा लुकाई छिपाई राखेको अवस्थामा प्रोमेथोजिन हाइड्रोक्लोराइड इंजेक्शन बुप्रेनोर्फिन हाइड्रोक्लोराइड इंजेक्शन १५ एम्पुल गरि ३० एम्पुलसहित उनलाई पक्राउ गरिएको हो । 

उनलाई  पक्राउ गरी लागू औषध सम्बन्धी मुद्दामा १० दिनको म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।