काठमाडौं – काठमाडौं उपत्यकामा गत असार १ गतेदेखि असार ७ गते सम्ममा १५ हजार ४७७ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा १ करोड ९ लाख ५२ हजार राजस्व दाखिला भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ।
मादकपदार्थ सेवन गरेका, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका, सङ्केत बत्ती उल्लङ्घनकर्ता,तीव्र गतिमा सवारीसाधन हुइँक्याएका, ‘लेन’ अनुशासन पालना नगर्ने, निषेधित क्षेत्रमा हर्न बजाउने, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने, यान्त्रिक अवस्था ठिक नभएका र अन्य सवारी नियम पालना नगरेकाबाट सो राजस्व दाखिला भएको हो ।






About Us
प्रतिक्रिया