चोरी मुद्दामा ४० हजार जरिवाना तोकिएका बिमल नेपाली पक्राउ 


काठमाडौं – जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले चोरी मुद्दामा फरार एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा कञ्चनपुरको भिमदत्त बस्ने बिमल नेपाली रहेका छन् ।

जिल्ला अदालत कञ्चनपुरले उनीमाथि  चोरी मुद्दामा २ वर्ष कैद सजाय र ४० हजार जरिवाना तोकेको थियो । उनलाई पक्राउ गरी जिल्ला अदालत कञ्चनपुर पेश गरिएको प्रहरीले जनाएको छ ।