काठमाडौं – जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका– ४ स्थित बाल सुधार गृहबाट फरार भएका दुई बालक डेढ घन्टामै पक्राउ परेका छन् ।
आज दिउँसो करिब १:२० बजे डाका तथा चोरी मुद्दामा बाल सुधार गृहमा रहेका सर्लाहीका मलंगवा नगरपालिका–३ बस्ने वशिर साहका १० वर्षीय छोरा नौसाद साह र सहिद साहका ११ वर्षीय छोरा नजिर साह सुधार गृहको पूर्वपट्टि रहेको भवनको माथिल्लो तलाको शौचालयको भेन्टिलेसन फुटाई फरार भएका थिए ।
घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट टोली परिचालन गरी खोजतलास गर्ने क्रममा दिउँसो करिब ३ :३० बजे नेपाल–भारत सीमा क्षेत्रस्थित मितेरी पुल नजिकबाट नियन्त्रण लिएको छ। उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।






About Us
प्रतिक्रिया