बैंकिङ्ग डिस्कोर्श २०२६

‘कृषि कर्जामा केन्द्रित भनिएका बैंकमै बुझेका जनशक्ति कम छन्’


कृषि मानव सभ्यताको सुरुवाती पेसा हो। परम्परागत पेसा पनि हो र अझै नेपाको कुरा गर्ने हो भने कृषि परम्परागत छ। आधुनिक बन्न सकेको छैन। कृषिलाई हेर्ने हाम्रो दृष्टिकोण हेर्ने हो भने कृषि सबैभन्दा पछिल्लो छनोटमा पर्छ। एसईई सकिँदैमा कृषिमा कसैले पनि कोदालो समाउन चाहँदैन। कृषि पढेकै व्यक्तिहरू पनि कृषिमा व्यावसायिक ढङ्गले लाग्न खोजेको पाइँदैन। एक त कृषि आधुनिक पेसा नरहेको र बनाउन नसकेको अवस्था छ। कृषि आधुनिक बन्न सक्ने र बनाउन सकिने पेसा भने पक्कै पनि हो। सबैभन्दा आकर्षक पेसाका रूपमा कृषिलाई आधुनिक बनाउन सकिन्छ। तर, हाम्रो जुन किसिमको भौगोलिक विविधता र प्रकृति छ। जसले गर्दा नेपालमा तराईदेखि हिमालसम्म विविध किसिमका वस्तुहरू उत्पादन गर्न सकिन्छ।

धेरै भ्यालु भएका प्रडक्टमा पनि जान सकिन्छ। त्यसलाई हामीले आधुनिक ढङ्गबाट लैजानुपर्ने छ। आधुनिक ढङ्गबाट लैजान नेपाल सरकारले नीतिगत रूपमा व्यवस्था गर्न खोजेको छ। कतिपय कर्जाको सुविधा पनि दिएको छ। कर्जाको सुविधा दिँदा ‘सप्लाइ साइड ड्रिभन्’ जस्तो भएको छ। ‘डिमान्ड साइड ड्रिभन्’ भएको छैन। हामीले ६० प्रतिशत घरपरिवार कृषिमा आबद्ध छन्। उनीहरू अरू पेसा नपाउँदा सम्मका लागि निर्वाहमुखी पेसाका लागि मात्रै कृषिमा आबद्ध छन् । हाम्रो बुबाआमाहरू गैर पेसामा जान नसक्ने अवस्था रहेकाले मात्रै कृषिमा आबद्ध छन्।

वास्तवमा पहाडी इलाकामा धेरै कृषियोग्य जग्गा खाली भइरहेको छ। बाझो जग्गामा परिणत हुँदै गइरहेको छ। बसाइसराइ सहरतिर आइरहेको छ। नवयुवाहरूले कृषिमा खास चासो दिएको पाइँदैन। अन्य विषय पढ्नेले त गर्दैनन्। कृषिका विश्वविद्यालयमा नै पढेका पनि विदेश जाने प्रवृत्ति छ। तर, कसरी यहाँको कृषि आधुनिक बनाउने र कसरी नाफामुखी कृषि गर्ने भनेर खोजी गरेको पाइँदैन।

पक्कैपनि जलवायु परिवर्तनले सिंचाई सुविधा नपुगेको हिसाबले जोखिम छ। त्यसलाई पनि विविधिकरण गर्न सकिन्छ। हाम्रो भुगोलमा ढुंगामा पनि उत्पादन हुन्छ। हाम्रो सामाजिक, मानसिक सोचमा परिवर्तन आएको छ। नीति नेतृत्वमात्रै पनि होइन । कृषिमा नकारात्मक सोचाई बढी भयो। तर, पछिल्लो समय व्यवसायीक क्षेत्रबाट केही प्रयास भइरहेको छ । व्यवसायीक क्षेत्रबाट प्रयास भएसँगै कर्जा पनि सहज उपलब्ध हुँदै आएको छ। कृषिमा बहस अहिले समय सान्दर्भिक बनेको छ। कृषि अर्थतन्त्रको रूपान्तरण हेर्ने हो भने विश्वलाई हेर्दा पनि कृषिबाट जाने उद्योग र सेवा क्षेत्रमा नै हो।

कृषिमा सीमित मान्छे मात्रै आबद्ध हुने धेरै प्रडक्सन गर्ने क्षेत्र हो। अहिले ६२ प्रतिशत जुन छ। त्यो घट्नुपर्ने देखिन्छ। घट्दा जीडीपीमा रहेको योगदान समेत घट्न सक्छ। तर, हामीलाई पुग्ने प्रडक्सन हुनुपर्छ। त्यसका लागि थोरै जनसंख्या कृषिमा लागेर धेरै उत्पादन गर्ने किसिमको रूपान्तरण आवश्यक छ। माग र आपूर्ति दुवै पक्षमा रिभ्यु गर्नुपर्नेछ। सप्लाइमा नीतिगत सुधार गर्नुपर्नेछ। अहिले पनि नियमन, प्रडक्ट कृषिमा सुहाउँदो छैन। कृषि, उद्योग र व्यापार सबैतिर एउटै नीति छ, त्यसलाई सुधार गर्नुपर्नेछ। कृषिमा केन्द्रित बैंकहरू कम छन्। कृषिलाई प्राथमिकतामा राख्ने भनेका बैंकहरूको पनि जनशक्तिले पुगेको छैन। सीए तथा एमबीए गरेकाहरूले मात्रै कृषिलाई ध्यान दिन सक्दैनन्। यसमा उहाँहरूको अनुभव नै पुग्दैन।

कृषिमा लगानी गर्ने हो भने कृषिमा ज्ञान भएका व्यक्तिको आवश्यकता पर्दछ। विगतका दिनमा कृषि विकास बैंकले कृषि पढेका व्यक्तिहरू राखेर लगानी गर्दै आएको थियो। कृषिको बारेमा ज्ञान भएको मानिस नराखी कृषिको प्रडक्ट बेच्न सक्दैन।कृषि अब कम्पनी मोडलमा जानुपर्ने हुन्छ। जुन ढंगले पहाडका डाँडाहरू खाली भइरहेका छन्। एउटा डाँडोमा एउटा कम्पनीले कृषि उत्पादन गर्न सक्यो भने बजारसम्म पहुँच पुर्‍याउन सक्छ। अहिले विविध समस्याले साना किसानले बजारसम्म पहुँच पुर्‍याउन सक्दैन। राजनीतिले कृषिलाई ध्यान दिन सक्दैन। निजी क्षेत्रमा संस्थागत चाहना हुनुपर्छ।

(राष्ट्रिय योजना आयोगमा पूर्व उपाध्यक्ष श्रेष्ठले बैंकिङ्ग डिस्कोर्शको दोस्रो सत्र कृषिमा लगानी विस्तारः बैंक, सरकार र निजी क्षेत्रको भूमिका’ विषयक सत्र मा राखेको धारणाबाट)