देशकै ठुलो बैंक बन्ने तरखरमा एनआईसी एशिया, यस्तो छ बित्तिय अवस्था

देशकै ठुलो बैंक बन्ने तरखरमा एनआईसी एशिया, यस्तो छ बित्तिय अवस्था


बैकिङ्ग समाचार । 

यतीबेला एनआईसी एशिया बैंकले आक्रामक रुपमा व्यापार विस्तार गरेको छ । यसरी उछाल रुपमा व्यापार गर्दा बैंकलाई निकट रुपमा अफ्ठ्यारो पर्ने जानकारहरु बताउँछन् ।तर बैंकले दिन प्रतिदिन बलियो वित्तीय प्रतिवेदन सार्वजनिक गर्दै आम ग्राहकको मन जित्न सफल देखिन्छ । अन्य वाणिज्य बैंकहरुको साधारणसभामा समेत लगानीकर्ताहरुले एनआईसी एशिया बैंकको उदाहरण दिने गर्दछन् । कयौं लगानीकर्ताले आफुहरुको बैंक पनि त्यस्तै हुनुपर्ने बताउँने गरेको पनि पाइन्छ । बैंकका संचालक र व्यवस्थापन समितिलाई उनीहरुले कयौं पटक ध्यानाकर्षण गर्दै आएका उदाहरण पनि छन् । ठुलो र स्थापित बैंक मध्येको नबिल बैंकका प्रमुख कार्यकारी अधिकृतले समेत एनआईसी एशिया बैंक ठुलो बैंक बन्दै गएको अभिव्यक्त्ति दिएबाट पनि एनआईसी एशिया बैंकले नेपाली बैंकिङ  क्षेत्रमा सबैको ध्यान केन्द्रित गरेको पाइन्छ । 

बलीयो सञ्चालन समिति 

तुलसीराम अग्रवाल अध्यक्ष रहेका उक्त बैंकमा सञ्चालक सदस्यहरुमा त्रिलोकचन्द अग्रवाल रामचन्द्र संघई, निकुञ्ज अग्रवाल, राजेन्द्रप्रसाद अर्याल, विनोदकुमार प्याकुरेल र गणेशमान श्रेष्ठ रहेका छन् ।यसैगरी बैंकको उच्च व्यवस्थापनमा रोशनकुमार न्यौपाने सीईओको रुपमा कार्यरत छन् । त्यस्तै सुधिरनाथ पाण्डे नायव सीईओको रुपमा कार्यरत छन् । 

\"\"बैंकको आर्थिक वर्ष ०७५र७६ को वार्षिक प्रतिवेदनलाई नियाल्दा कम्पनीमा ०.५ प्रतिशत भन्दा बढी शेयर स्वामित्व भएका २७ शेयरधनी रहेका छन् । जसमध्य अशोककुमार अग्रवालको ६ दशमलव ४५ प्रतिशत शेयर स्वामित्व रहेको छ । त्यस्तै जीवन बीमा कम्पनी मध्येको लिडर कम्पनी नेपाल लाईफ इन्स्योरेन्सको बैंकमा १० लाख १४ हजार कित्ता शेयर रहेको छ ।

बैंकको मुलुकभर ३१३ शाखा कार्यालयहरु, ४२६ एटीएम, १०३ वटा एक्सटेन्सन काउण्टर एवं ४५ वटा शाखारहित बैंकिङ्ग मार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो सञ्जाल भएको बैंकको रुपमा सेवा प्रदान गर्दै आएको छ ।

बैंक भिजनः १८–२२ को बाटोमा 

साधारण सभामा अध्यक्षको मन्तव्यलाई आधार मान्दा बैंकले रणनीति २०२० को लक्ष्यहरु समय भन्दा अगावै गर्न सफल भएको परिस्थितीमा सोही मान्यता अनुरुप अझ उच्चस्तरको लक्ष्यको परिकल्पनासहितको भिजन १८–२२ बैंकले तर्जुमा गरेको छ । प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेको मनतव्यलाई आधार मान्दा भिजन १८–२२ को समग्र उद्देश्य व्यवसायिक, आर्थिक तथा अन्य सूचकाङ्कहरुमा उच्चतम स्थान हासिल गरी बैंकलाई देशकै एक सबल तथा उच्च श्रेणीको बैंकको स्थानमा दीर्घकालीन रुपमा कायम गरिरहनु हो ।

\"\"\"\"

यस्तो छ दोश्रो त्रैमासमा बैंकको वित्तिय स्थिती 

कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा अर्थात ६ महिनाको अवधिमा नै बैंकले २ अर्बमाथि खुद मुनाफा गर्न सफल भएको छ । चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म कम्पनीले २ अर्ब १ करोड खुद मुनाफा गरेकोमा अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासमा कम्पनीले १ अर्ब ५१ करोड खुद मुनाफा गरेको थियो ।
\"\"
यसरी खुद मुनाफामा ३३ प्रतिशतले वृद्धि भएको छ । प्रमुख आम्दानीको श्रोतमा रहेको खुद व्याज आम्दानीमा १ प्रतिशतको वृद्धि देखिएको छ । अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासमा कम्पनीले ३ अर्ब ६० करोड खुद व्याज आम्दानी गरेकोमा चालु आर्थिक वर्षको दोश्रो त्रैमास सम्म कम्पनीले ३ अर्ब ६४ करोड व्याज आम्दानी गरेको छ ।

त्यस्तै, संचालन मुनाफा ३६ प्रतिशतले वृद्धि हुँदै २ अर्ब ९० करोड पुगेको छ । अघिल्लो वर्षको दोश्रो त्रैमासमा कम्पनीले २ अर्ब १३ करोड संचालन मुनाफा गरेको थियो ।

अघिल्लो आर्थिक वर्ष कम्पनीले दोश्रो त्रैमासमा कम्पनीले ६० करोड २३ लाख कर्जा जोखिम शिर्षकमा व्यवस्थापन गरेकोमा चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा कम्पनीले १९ करोड २६ लाख सो शिर्षकमा व्यवस्थापन गरेको छ ।

प्रतिशेयर आम्दानी ४० रुपैंया माथि 

कम्पनीको प्रतिशेयर आम्दानी पनि निकै आकर्षक रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ४१ रुपैया ५० पैसा हुन् आउछ। चुक्ता पुँजी १० प्रतिशतले वृद्धि भएको अवस्थामा कम्पनीले चुक्ता पुँजी भन्दा खुद मुनाफा धेरै वृद्धि भएको छ । यसरी पुँजी वृद्धिसंगै कम्पनीले नाफा पनि आर्कषक रुपमा वृद्धि गर्दै लगेको प्रस्ट देखिन्छ ।

बलियो किताबी मूल्य

कम्पनीको किताबी मूल्य (प्रतिशेयर नेट्वर्थ) १६४ रुपैयाँ ८७ पैसा आउँछ ।

\"\"

यस्तो छ निक्षेप कर्जा 

कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म साधारण ग्राहकबाट १ खर्ब ७८ अर्ब निक्षेप संकलन गरेर १ खर्ब ५१ अर्ब कर्जा प्रवाह गरेको छ । असार मसान्त र अहिलेको तथ्याकलाई दाँजेर हेर्दा कम्पनीको निक्षेप संकलन ४ प्रतिशतले वृद्धि भएको छ भने कर्जा प्रवाह ६ प्रतिशतले वृद्धि भएको छ ।

जगेडा कोष बढ्यो, संचित मुनाफा घट्यो 

जगेडा कोष २५ प्रतिशतले वृद्धि हुँदै ४ अर्ब ९७ करोड पुगेको छ भने संचित मुनाफा ३७ प्रतिशतले कम हुँदै १ अर्ब ३२ करोड पुगेको छ ।

\"\"

०.४६ प्रतिशत निस्क्रिय कर्जा 

कम्पनीको खराब कर्जा शुन्य दशमलव ४६ प्रतिशत रहेको छ । आक्रामक व्यापार विस्तार गर्दा खराब कर्जा बढ्ने आकंलन धेरैले गरेकोमा एनआईसी एशिया बैंकले खराब कर्जालाई शुन्य दशमलव ५० प्रतिशत भन्दा कम राख्न सफल भएको छ । आक्रामक व्यापार विस्तार गर्दा पनि खराब कर्जालाई नियन्त्रण गर्न सक्नु बैंक व्यस्थापनको सफलताका रुपमा लिन सकिन्छ ।

स्प्रेडदर ५ प्रतिशत भन्दा माथि 

व्याजदर अन्तर ५ प्रतिशत भन्दामाथि  छ । बैंकको प्रकाशित स्प्रेडदर ५.०२ प्रतिशत रहेको छ । स्प्रेडदरलाई घटाउनु बैंकलाई चुनौती थपिएको छ। अघिल्लो आर्थिक वर्ष स्प्रेड दर ५ दशमलव ५५ प्रतिशत थियो ।

समयमै वार्षिक साधारणसभा 
कम्पनीले यस पटक असोज १० गते २२ औं वार्षिक साधारण सभा गर्दै १० प्रतिशत बोनस शेयर र ११.०५२६ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गरेको थियो । आर्थिक वर्ष ०७४/७५ मा कम्पनीले १० प्रतिशत बोनस शेयर र ०.५२ प्रतिशत नगद लाभांश प्रदान गरेको थियो । असोज भित्रनै वार्षिक साधारण सभा सम्पन्न गर्दा कम्पनी संस्थागत सुशासनमा राम्रो रहेको प्रस्ट देखिन्छ ।

अन्य सूचक

बैंकको कर्जा र निक्षेपको अनुपात “सीसीडी अनुपात”  ७८ दशमलव १८ प्रतिशत रहेको छ आधार व्याजदर ९ दशमलव ६२ प्रतिशत रहेको छ ।

\"\"मूल्य आम्दानी अनुपात १२ गुणा भन्दा कम 

कम्पनीको माघ १९ बजार मूल्य ४९२ लाई आधार मान्दा कम्पनीको मूल्य आम्दानी अनुपात ११ दशमलव ८६ गुणा आउँछ । ११ भन्दा मुनी मूल्य आम्दानी अनुपातलाई लगानी गर्न राम्रै मानिन्छ ।

वास्तविक मूल्य 

बेन्जामिन ग्रामको सुत्रलाई आधार मान्दा कम्पनीको वास्तविक मूल्य ३९२ रुपैया प्रति कित्ता हुन् आउँछ ।

यसरी बैंकका थुप्रै वित्तिय सुचकहरुलाई नजिकबाट केलाएर हेर्दा बैंक निकट भविष्यमा मुलुककै ठुलो बाणिज्य बैंकमा स्थापीत हुनसक्ने देखिन्छ । खुद मुनाफादेखि प्रतिशेयर आम्दानीमा वृद्धि गर्दै लानु बैंकको सफल पक्ष मानिन्छ । गत वर्ष भन्दा लाभांश बढ्दै गएको र यही गतिमा  अघि बढ्ने हो भने लगानीकर्ताले राम्रो लाभांश प्राप्त गर्ने सक्ने छन् । स्प्रेडदरलाई घटाउदै लाने र आधार व्याज दर कम गराउदै लाने चुनौती बैंक व्यवस्थापनमा थपिएको छ । आक्रामक रुपमा शाखा विस्तार गर्दै लागेको बैंकले ग्राहकलाई सरल र छिटो सुविधा दिदै जानु पर्ने देखिन्छ । बैंकले रणनीति २०२० को लक्ष्य हासिल गरेको जानकारी दिँदै भिजन १८–२२ को लक्ष्य लिएको छ। रणनीति २०२० जस्तै बैंक अघि बढेमा नेपालकै ठुलो बैंकको रुपमा स्थापित हुने प्रष्ट देखिन्छ ।