काठमाडौं – सरकारले हिरामा लाग्ने कर खारेज गरेको छ । विलासिता शुल्क तथा मूल्य अभिवृद्धि कर मिनाहा सम्बन्धी विशेष व्यवस्थामा हेर फेर गर्दै सरकारले हिरामा लाग्ने कर खारेज गरिदिएको हो ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक विधेयक संसदमा पेश गर्दै यस्तो व्यवस्था गरेका हुन् । अबदेखि कुनै व्यक्तिले २०८२ भदौ २ गतेभन्दा अघि कानून बमोजिम सुन तथा सुनको गरगहनामा लगाइएको विलासिता शुल्क र हिरा, जवाहरात, रत्न तथा पत्थरमा लगाइएको मूल्य अभिवृद्धि कर सम्बन्धित बिक्रेताले बिक्रीमा सङ्कलन नगरेको भएमा स्वतः मिनाहा हुने भएको छ ।
यस्तै, सोको विवरण समेत पेश गर्न नपर्ने भएको छ ।






About Us
प्रतिक्रिया