बजेटले कर्मचारीको मनोबल बढाउनेछ: गणेश पराजुली


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद् गणेश पराजुलीले बजेटले कर्मचारीको मनोबल बढाउने पाटोमा निकै सशक्त रूपमा काम गर्ने  बताएका छन्।

विशेष गरी उद्यमशीलता उद्योगधन्दा, उत्पादन, बढाउन औद्योगीकरण या कृषिलाई औद्योगीकरण गराउने विषय दुबैलाई सशक्त रूपमा अगाडि बढाउन बजेटले निकै महत्त्वपूर्ण तरिकाले सम्बोधन गरेको उनले बताए। 

साथै, २१ सय ४८ अर्बको बजेट आउँदै गर्दा समग्र जनतामा यसले उत्साह सृजना गरेको पनि उनले औँल्याए।