काठमाडौं – सरकारले खेलकुदका लागि ४ अर्ब ३ करोड बजेट छुट्याएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन्।
खेल पुर्वाधारलाई ३ वर्षभित्र ८ हजार क्षमताका १० फुटबल रंगशाला फ्लड लाइटसहितका बनाउने र ८ शहरमा ५ वर्षभित्र क्रिकेट स्टेडियम तथा विभिन्न प्रदेशमा बहुउदेशीय कभर्डहल बनाउने बताएको हो।
साथै, अन्तराष्ट्रिय पदक जित्ने खेलाडीलाई अवकासपछि सम्मानजनक जीवन जिउन सक्नेगरि आजिवन स्वास्थ्य उपचारको व्यवस्था गरिने भएको छ।






About Us
प्रतिक्रिया