काठमाडौं तराई मधेश द्रुतमार्गका लागि छुट्याइयो १७ अर्ब


काठमाडौं – सरकारले काठमाडौं तराई मधेश दु्रतमार्गमा लिंक रोड निर्माण सुरु गर्ने भएको छ । यसका लागि सरकारले १७ अर्ब ६४ करोड छुट्याएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

काठमाडौं तराई मधेश द्रुतमार्गमा आगामी वर्ष ४० वटा पुल र ५.४ किलोमिटर सुरुङमार्ग निर्माण सुरु गर्ने भएको छ ।