बजेट भाषण सुन्न संसद भवन पुगे प्रधानमन्त्री बालेन


काठमाडौं – प्रतिनिधिसभामा संसोधन गर्न नमानिरहेका प्रधानमन्त्री वालेन्द्र शाह संसद भवन पुगेका छन्। आफू नेतृत्वको पहिलो बजेट भाषण सुन्नका लागि उनी संसद भवन पुगेका हुन्।

उनी यसअघि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने समयमा बिचबाटै उठेर हिँडेका थिए। यद्यपी यसपटक भने उनी संसद भवनमा पुगेका हुन्।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनबाट रास्वपाले झन्डै दुई तिहाई बहुमत ल्याएको थियो। सोहीको जगमा वालेनको नेतृत्वमा बनेको सरकारले आफ्नो पहिलो बजेट ल्याउँदै छ। अथएमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी वर्षको बजेटमार्फत करका दरमा व्यापक हेरफेर गरेको बताइएको छ।