प्रहरीको सवारी चालक उन्नत  तालिम सुरु


काठमाडौं – राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जको तत्त्वावधानमा नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा १७ औँ समूहको सवारी चालक उन्नत (यान्त्रिक ज्ञान) तालिम सञ्चालन भएको छ।

उक्त तालिमको सोही महाशाखाका प्रहरी नायव उपरीक्षक अनुप श्रेष्ठले महाशाखामा सोमबार आयोजित कार्यक्रमबिच उद्घाटन गरेका हुन्।

प्रहरी नायव उपरीक्षक ई.अशोक केसीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै ३० कार्यदिन अवधिको उक्त तालिममा प्रहरी सहायक निरीक्षक १ जना, प्रहरी सहायक हवलदार ९ जना र प्रहरी जवान २० जना गरी जम्मा ३० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिए।