भोलि बागमती प्रदेशमा सार्वजनिक बिदा


काठमाडौं – बागमती प्रदेशमा भोलि वैशाख २४ गते बिहीबार सार्वजनिक विदा दिइने भएको छ। २४ वैशाख ०८१ देखि तामाङ भाषा र नेपाल भाषालाई बागमती प्रदेशको सरकारी कामकाजी भाषाको रुपमा लागू गरिएको दिनको अवसरमा विदा दिइएको हो।

विदाको अवसरमा तामाङ र नेपाल भाषासँग सम्बन्धित विभिन्न सांस्कृतिक कार्यक्रमहरु आयोजना गरिएको छ।