साइबर ब्युरोको नाम दुरुपयोग गरी स्क्याम गर्ने चार जना पक्राउ 


काठमाडौं – साइबर ब्युरोको नाम दुरुपयोग गरी स्क्याम गर्ने चार जनालाई प्रहरीले पक्राउ छ। पक्राउ पर्नेमा सुनसरीका सौरव भुजेल, सजल राई सृजन थापा र धनकुटाका दिपक लिम्वु रहेका छन्। 

उनीहरुले नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरो भोटाहिटीको नाम दुरुपयोग गरी टु कलर मा समेत साइबर ब्युरो देखिने बनाई  पीडितलाई फोन सम्पर्क गरी डर त्रास तथा प्रलोभनमा पारी रकम पठाउन लगाउने गरेको प्रहरीले बताएको छ। 

ब्युरोबाट खटिएको प्रहरीको टोलीले इलाका प्रहरी कार्यालय, धरानको समन्वयमा उनीहरूलाई पक्राउ गरी विद्युतीय माध्यम सम्बद्ध ठगी अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट चार दिन म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।