सर्वोत्तम सिमेन्टको सीईओमा न्यौपाने नियुक्त


काठमाडौं – सर्वोत्तम सिमेन्टको प्रमुख कार्यकारी अधिकृत सीईओमा दिवस न्यौपाने नियुक्त भएका छन्। कम्पनीको वैशाख २० गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले न्यौपानेलाई सो पदमा नियुक्त गरेको हो।

उनको कार्यकाल आजैको मितिदेखि लागू हुने गरी नियुक्त गरिएको कम्पनीले जनाएको छ।