काठमाडौं – बालबालिकालाई ललाई फकाई गरी सुनका मुन्द्रा चोरी गर्ने १ जना लाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्याङ्जा अम्बिका पुलामी मगर रहेकी छिन्।
उनले कास्कीको पोखरा महानगरपालिका–२५ हेम्जा रामचोकमा ६ वर्षकी बालिकालाई ललाई फकाई गरी ती बालिकाले कानमा लगाएको अन्दाजी १ लाख बराबरको सुनको मुन्द्रा २ थान चोरी गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनले ग २५ प ३५८४ नम्बरको स्कुटरमा पहेँलो रंगको रेनकोट लगाई ती बालिकालाई स्कुटरमा राखी लगेको थिइन्। साथै, उक्त स्कुटर अनुसन्धान गर्दा ए वान मोटरबाइक भाडा र टुर्स पसलबाट मगरले भाडामा लिएर गएको खुल्न आएको छ। उनले बालिकालाई ‘तिम्रो ममीको साथी हुँ’ भनी ललाई फकाई गरी जुस, आइसक्रिम जस्ता खानेकुरा खान दिई कानमा लगाएको मुन्द्रा निकालेर गएको प्रहरीले बताएको छ।
उनलाई कास्कीको महेन्द्र पुलबाट पक्राउ गरी कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसुरमा ७ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ। साथै, मगरको सीआरएस चेक गर्दा जिल्ला प्रहरी कार्यालय कास्कीबाट चोरी तथा डाँका सम्बन्धी १८ वटा कसुरमा कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेको खुलेको छ।



About Us
प्रतिक्रिया