एनआरएन इन्फ्रास्ट्रक्चरले एकैचोटि चार संस्थाको संस्थापक शेयर राख्यो बिक्रीमा 


काठमाडौं – एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले आफ्नो स्वामित्वमा रहेको चार वटा संस्थाको संस्थापक शेयर बिक्रीमा राखेको छ। संस्थाले सर्वसाधारणले सबैले किन्न पाउने गरी संस्थापक शेयर लिलाम बिक्रीमा राखेको हो।

जसमा कुमारी बैंक लिमिटेडले ५ लाख ३० हजार कित्ता, नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको १ लाख ७ हजार ४८४ कित्ता, मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ७८ हजार २०९ कित्ता र नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको ७४ हजार १०६ कित्ता शेयर बिक्रीमा राखेको हो।

जसमा कुमारी बैंकले प्रतिकित्ता न्यूनतम मूल्य १०० रुपैयाँ तोकेको छ। त्यस्तै, नेशनल लघुवित्तले ६७५ रुपैयाँ, मेरो माइक्रोफाइनान्सको ३७५ रुपैयाँ र नेरुडे मिर्मिरेको ३३४ रुपैयाँ प्रतिकित्ता न्यूनतम मूल्य तोकिएको छ। 

आवेदकले सो शेयरमा आवेदन दिँदा न्यूनतम १ हजार कित्ता र अधिकतम १० अंकको गुणाङ्कमा वा सम्पूर्ण कित्ता आवेदन दिन सकिनेछ। शेयर खरिद गर्न इच्छुक व्यक्तिले आज वैशाख १८ गतेदेखि जेठ १ गतेभित्र आफूले किन्न चाहेको शेयर संख्या र सोको मूल्य खुलाई नक्सालस्थित मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालयमा गोप्य शिलबन्दी बोलपत्र फाराम पेस गर्नु कम्पनीले जनाएको छ।