बागलुङ- ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५० प्रतिशत अनुदानमा यान्त्रिक हलो प्रदान गरेको छ।
किसानलाई आधुनिकतासँग जोडेर उत्पादन बढाउन नगरपालिकाले अनुदानमा यान्त्रिक हलो उपलब्ध गराएको हो नगरपालिकाका नौवटै वडाका व्यावसायिक खेती गर्दै आएका किसानलाई हलो उपलब्ध गराइएको हो।
हलो खरिद गर्न २४ लाख रूपैयाँ खर्च भएको उपप्रमुख धनबहादुर कायतले जानकारी दिए। ढोरपाटनका अधिकांश भागमा आलु, सिमीलगायत सागसब्जीखेती हुँदै आएको छ। अनुदानमा यान्त्रिक हलो पाएपछि किसान खुसी भएका छन्।



About Us
प्रतिक्रिया