सीजी चेष्ट फ्रिजर: २८ मोडल र ५ वर्षको वारेन्टीका साथ व्यवसाय र घरधुरीको पहिलो रोजाइ


काठमाडौं – नेपालको भौगोलिक अवस्था र व्यवसायीक वातावरणलाई नजिकबाट बुझेको नेपालकै अग्रणी इलेक्ट्रोनिक्स तथा होम एप्लायन्स ब्रान्ड सीजीले नेपाली बजारमा आफ्ना चेष्ट फ्रिजरहरूको वृहत् रेन्ज उपलब्ध गराउँदै आएको छ।

११० लिटरदेखि १००० लिटरसम्मको विशाल क्षमतामा उपलब्ध २८ वटा उत्कृष्ट मोडलहरू र कम्प्रेसरमा ६० महिना (५ वर्ष)को विशेष वारेन्टीका साथ सीजीले नेपाली उपभोक्ताहरूको मन जितिरहेको छ।

गर्मीको मौसममा चेष्ट फ्रिजरको महत्त्व? किन छ यो अनिवार्य?
नेपालको बढ्दो गर्मी र तापक्रममा खाद्य सामग्रीहरूको सुरक्षा र ताजगी कायम राख्नु एउटा ठूलो चुनौती हो। यस्तो अवस्थामा सीजी चेष्ट फ्रिजर निम्न कारणले बरदान साबित भइरहेको छ कम्पन्नीले जनाएको छ।

चर्को गर्मीमा दुध, दही, मासु र तरकारी जस्ता वस्तुहरू छिटै बिग्रने डर हुन्छ। सीजीको ुसुपर फास्ट फ्रिजिंगु प्रविधिले यी सामग्रीको प्राकृतिक गुण र ताजगीलाई लामो समयसम्म जोगाएर राख्छ। एकैपटक धेरै सामान भण्डारण गर्न सकिने हुनाले पटक(पटक बजार जानुपर्ने झन्झट हट्छ र थोक खरिद गर्दा पैसाको समेत बचत हुन्छ।

किन रोज्ने त सीजी?
६० महिनाको ढुक्क सेवा (५ वर्ष वारेन्टी)
सीजीले आफ्ना चेष्ट फ्रिजरका कम्प्रेसरमा ५ वर्षको वारेन्टी प्रदान गर्दछ, जसले ग्राहकलाई लामो समयसम्म निश्चिन्त बनाउँछ र लगानीको पूर्ण सुरक्षा दिन्छ। नेपालको प्रतिकूल मौसम र अस्थिर भोल्टेजमा पनि कुनै रुकावट बिना निरन्तर चल्न सक्ने शक्तिशाली कम्प्रेसर।साना पसलदेखि ठूला उद्योगसम्मका लागि उपयुक्त २८ वटा फरक मोडलहरू उपलब्ध हुनुले हरेक व्यवसायीलाई आफ्नो आवश्यकता अनुसारको सही छनोट गर्ने अवसर दिएको छ। विशेष इन्सुलेशन प्रविधिले गर्दा बिजुली नभएको समयमा पनि धेरै घण्टासम्म भित्री चिस्यान कायम रहन्छ, जसले सामानहरू बिग्रन दिँदैन। अब ग्राहकले नागरिकता मात्र पेश गरेर ० प्रतिशत ब्याज र सजिलो मासिक किस्तामा आफ्नो रोजाइको चेष्ट फ्रिजर लान सक्नेछन्।

४० वर्षको भरोसा र देशव्यापी सञ्जाल
देशभर रहेका २१ वटा सिजी डिजिटल शोरुमहरू, विस्तृत आधिकारिक बिक्रेता सञ्जाल र अनलाइन cgdigital.com.np मार्फत सहज र सुलभ तरिकाले ग्राहक वर्गहरूले खरिद गर्न सक्नेछन्। अझ महत्त्वपूर्ण कुरा, ४० भन्दा बढी सेवा केन्द्रहरू मार्फत बिक्रीपछिको उत्कृष्ट सेवा र प्राविधिक सहयोग सुनिश्चित गरिएको छ।

नेपाली व्यवसायीको हात बलियो बनाउनु र घरधुरीलाई आधुनिक सुविधायुक्त बनाउनु नै हाम्रो मुख्य लक्ष्य रहेको सिजी इलेक्ट्रोनिक्सका एक अधिकारीले बताए। ‘Experience Life with CG‘को मूल नारालाई आत्मसात गर्दै सीजीले सधैं नेपालीहरूको जीवनस्तर उकास्ने र समृद्धिको सहयात्री बन्ने प्रतिबद्धता व्यक्त गर्दछ।