काठमाडौं – नाडाको एक प्रतिनिधि मण्डलले बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक रोशन ज्ञवालीसंग अटोमोवाइल वस्तुहरुमा अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा विभागबाट प्रकाशित प्रेश विज्ञप्तिको विषयमा विस्तृत छलफल गरेको छ।
नाडा प्रतिनिधि मण्डलले वाणिज्य विभागले मिति ०८२/१२/३० गते जारी गरेको प्रेश विज्ञप्तिका सम्बन्धमा नाडाको विशेष ध्यान आकृष्ट भएको छ भन्दै त्यस विभागले विदेशबाट पैठारी गरी नेपालमा विक्री वितरण गरिने सम्पूर्ण बस्तुहरुको अनिवार्य रुपमा अधिकतम खुद्रा मूल्य उल्लेख गर्नुपर्ने साथै वस्तु विक्री गर्दा अनिवार्य रुपमा विल विजक जारी गर्ने व्यवस्थाको नाडाले सराहना गरेको गरेको छ। यसै सन्दर्भमा नाडाले विभिन्न चासो र जिज्ञाशा राख्दै थप स्पष्टताको लागि लिखित पत्र बुझाउदै समाधानका लागि समेत आग्रह गरेको छ।
नाडा प्रतिनिधि मण्डलसंग सो विभागले जारी गरेको उक्त प्रेश विज्ञप्तिमा उल्लेखित विषयहरुमा छलफल हुंदा उपस्थित नाडा प्रतिनिधिले उल्लेखित विषयहरुलाई कसरी व्यावहारिक र कार्यान्वयन योग्य बनाउने, पुरानो स्टकमा भएका सामानहरुको हकमा के गर्ने ? भन्सार विन्दु मै स्टिकर टाँस्नु पर्ने व्यवस्था कति व्यावहारिक हुन्छ भन्दै नाडाले सदैव फेयर ट्रेड र ट्रान्सपरेन्सी व्यवसायलाई आधिकारिक रुपमै प्रवद्र्धन गर्दे आएको बताए।
सो छलफल तथा भेटघाटमा उपाध्यक्ष विक्रम सिंघानिया, महासचिव मिलनबाबु मल्ल, सचिव मेघराज पौडेल, कोषाध्यक्ष पंकज अग्रवाल, सहकोषाध्यक्ष निलमणी पाठक, केन्द्रीय कार्य समिति सदस्य तथा स्पेयर पार्टस समितिका सभापति दिपेन्द्रकुमार मिश्र र केन्द्रीय कार्य समिति सदस्य नारायणप्रसाद पौडेल समेतको उपस्थिति थियो।



About Us
प्रतिक्रिया