काठमाडौं – सानिमा क्यापिटलले यही वैशाख २४ गतेदेखि सानिमा इक्विटी फण्ड २ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। यो योजना प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याउन लागेको हो।
निष्काशन गरिने कुल इकाईमध्ये न्यूनतम १ करोड ३० लाख वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १३ प्रतिशत इकाई कोष प्रबद्र्धक सानिमा बैंकलाई सुरक्षित गरिएको छ भने २ प्रतिशत अर्थात २० लाख इकाई योजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेडलाई सुरक्षित गरिएको छ। जसमा सर्वसाधारण लगानीकर्ताले बाँकी ८ करोड ५० लाख इकाईका लागि आवेदन दिन सक्नेछन्।
उक्त फण्डको इकाई खरिदमा वैशाख २४ गतेदेखि २९ गतेसम्म आवेदन दिन सकिनेछ। साथै, अवधिसम्ममा पूर्ण आवेदन नपरेमा आवेदन नपरेमा आवेदनको अवधि जेठ ७ गतेसम्म लम्बिनेछ। इच्छुक लगानीकर्ताले सो इकाईमा न्यूनतम १०० इकाई र अधिकतम १ करोड इकाईसम्मका लागि आवेदन दिन सक्नेछन्।



About Us
प्रतिक्रिया