काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांकअनुसार सन् २०२५ को जनवरीदेखि नोभेम्बरसम्ममा सबैभन्दा धेरै यात्रु आवतजावत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको छ। यहाँबाट २० लाख ३ हजार ६७२ यात्रु नेपाल भित्रिएका छन् भने २० लाख ९४ हजार ८७७ यात्रु बाहिरिएका छन्।
यसरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुल ४० लाख ९८ हजार ५४९ यात्रुको आवतजावत भएको छ।त्यसैगरी, त्रिभुवन विमानस्थलको आन्तरिक उडानतर्फ ११ महिनामा ३७ लाख १८ हजार ८०० यात्रुको आवतजावत भएको छ। आन्तरिक उडानमार्फत १७ लाख ८२ हजार ३७४ यात्रु आगमन भएका छन् भने १९ लाख ३६ हजार ४२६ यात्रु प्रस्थान गरेका छन्।

नयाँ अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा सञ्चालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानतर्फ १३ हजार ४३२ यात्रुको आवतजावत भएको छ। आन्तरिक उडानतर्फ भने ६ लाख ७५ हजार ३३४ यात्रुले सेवा लिएका छन्।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ लाख ९८ हजार ७९१ यात्रुको आवतजावत भएको तथ्यांकले देखाएको छ। यसमध्ये ३ लाख ८३ हजार ७५७ यात्रु आगमन भएका छन् भने ४ लाख १५ हजार ३४ यात्रु प्रस्थान गरेका छन्। त्यसैगरी, विराटनगर विमानस्थलबाट ६ लाख ६९ हजार ४३४ यात्रु र नेपालगन्ज विमानस्थलबाट ४ लाख ९८ हजार १९६ यात्रुको आवतजावत भएको छ। नेपालले हालसम्म ४२ देशसँग द्विपक्षीय हवाई सेवा सम्झौता गरेको छ।



About Us
प्रतिक्रिया