काठमाडौं – काठमाडौंमा आयोजित दोस्रो संस्करणको ‘राष्ट्रिय घर निर्माण फेस्ट–२०८२’ सफलतापूर्वक सम्पन्न भएको छ। यही पुस १२ गते शनिवारबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको फेस्टमा ६० हजार बढी दर्शकले अवलोकन गरेका छन्। फेस्टको अन्तरिम सरकारका मन्त्री कुलमान घिसिङले उद्घाटन गरेका थिए। घर निर्माण फाउन्डेसनको आयोजनामा शिवम् सिमेन्ट पासवर्ड वाइ रहेको फेस्टलाइ प्लम्बर पाइप्सले सहकार्य गरेको थियो।
निर्माणसम्बन्धी नेपालको सबैभन्दा ठुलो मेलाका रूपमा रहेको ‘राष्ट्रिय घर निर्माण फेस्ट–२०८२’मा १ सय ५० बढी स्टलहरू राखिएको थियो। घर बनाउने सोचमा रहेका सर्वसाधारणदेखि निर्माण व्यवसायी, इन्जिनियर, आर्किटेक्ट, विद्यार्थी तथा सरोकारवाला सबैलाई एउटै प्लेटफर्ममा ल्याउने लक्ष्यका साथ आयोजना गरिएको फेस्टमा आधुनिक तथा वैकल्पिक आवासीय अवधारणाहरू प्रस्तुत गरिएको छ। फेस्टमा ६ लाख रुपैयाँमै निर्माण गर्न सकिने घर, कमाउने घर (ह्वाइट रूम), आर्किड भिल्ला, तथा डोम हाउस जस्ता नवीन आवासीय मोडलहरू प्रदर्शनीमा राखिएको थियो।
नेपालमा निर्माण तथा व्यावसायिक गतिविधि बढ्दै गए पनि धेरै ब्रान्डहरूले अझै समान रूपमा ब्रान्ड प्रस्तुत गर्न, ग्राहकसँग प्रभावकारी सम्बन्ध स्थापना गर्न तथा उत्पादनलाई व्यवस्थित र आकर्षक रूपमा प्रदर्शन गर्न चुनौती झेलिरहेकाले सो समस्याको सम्बोधनका लागि फेस्टले मद्दत पुर्याएको घर निर्माण फाउन्डेसनले जनाएको छ। प्रदर्शनीमा विशेषज्ञ मार्गदर्शन, प्रत्यक्ष अन्तरक्रिया तथा ब्रान्डिङ परामर्शमार्फत व्यवसायीहरूले आफ्ना उत्पादन लक्षित ग्राहक वर्गसम्म पुर्याउन सफल भएको आयोजक घर निर्माण फाउन्डेसनका निर्देशक सफल प्रधानले जानकारी दिए।
‘यस पटकको फेस्टमा विभिन्न व्यवसायीले गरी साढे ३ सय करोड रुपैयाँ बढीको कारोबार गरेका छन्, उनले भने, ‘अधिकांश व्यवसायीले विशेष छुटको योजना अनुसार आफ्ना सामाग्री बिक्री गरेका हुन् ।’ प्रदर्शनीको विश्व कीर्तिमानी इँटाको पनि प्रदर्शन गरिएको थियो । यस्तै जास्मिन पेन्ट्सको सहकार्यमा विश्वकै सबैभन्दा ठुलो ढाका टोपी समेत प्रदर्शन गरिएको थियो ।
युवा पुस्तालाई समेत सहभागिता गरिएको फेस्टमा विभिन्न इन्जिनियरिङ कलेका विद्यार्थीले तयार पारेको ३७ वटा घरका मोडेल समेत प्रदर्शनीमा राखिएको थियो । सो मेडेल प्रदर्शनीमा कान्तिपुर इन्टरनेशनल कलेज विजेता बनेको छ भने थापाथली क्याम्पस दोस्रो र ख्वप कलेज तेस्रो भएका छन् । मेडेल कम्पिटिसन मार्फत विद्यार्थीहरूलाई आफ्नो सिर्जनशीलता, नवप्रवर्तन तथा प्राविधिक क्षमता प्रदर्शन गराउनका लागि अवसर प्रदान गरिएको थियो । यस्तै स्किल सेवाले पनि घर बनाउन चाहने अवलोकनकर्तालाई लक्षित गर्दै घर निर्माण सम्बन्धी कक्षा समेत सञ्चालन गरेको थियो ।
निःशुल्क रूपमा सञ्चालन गरिएको सो कक्षमा १५ सय बढीले प्रत्यक्ष रूपमा जानकारी लिएको स्किल सेवाका सीईओ रमेश तिमिल्सिनाले जानकारी दिए। फेस्टको मुख्य आकर्षक रूपमा रहेको डोम हाउसमा समेत दर्शको उल्लेख्य उपस्थिति थियो। यस्तै शिवम् सिमेन्टले पनि घर निर्माण गर्दै गरेको ग्राहकहरूका लागि निःशुल्क रूपमा परामर्श प्रदान गरेको थियो।
विभिन्न चर्चित ब्राण्डहरुले आफ्ना उत्पादन प्रदर्शनीमा राखेको फेस्टमा हरिवंश आचार्य, सन्दिप क्षेत्री, प्रकाश सपुत, सोमपाल कामी, निर्मल शर्मा, वर्षा शिवाकोटी लगायतका कालाकार खेलाडीहरु समेत सहभागि भएका थिए। फेस्टको टाइल पार्टनरका रूपमा नेपोभिट, यूपीभीसी पार्टनरका रूपमा पञ्चकन्या डीम्याक्स, प्रोपर्टी पार्टनरका रूपमा सारा सेवा, सेनेटरी पार्टनरका रूपमा स्वाती इन्टरप्राइजेज, इन्टेरियर पार्टनरका रूपमा सोफाहब, फर्निचर पार्टनरका रूपमा फर्निचर महल तथा पेन्ट पार्टनरका रूपमा एसियन पेन्ट्स रहेका थिए ।



About Us
प्रतिक्रिया